


गायक रामकृष्ण ढकालले श्रीमती निलम शाह ढकालको तारिफ गर्दै आफ्नो प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो श्रीमती भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत श्रीमतीसँग आफ्नो सम्बन्धबिच्छेद भएको विषयको खण्डन गर्दैै उनले आफूहरुको सम्बन्धमा कुनै चिसो नआएको बताएका छन् । बुधबार जिल्ला अदालत काठमाडौँबाट उनको सम्बन्धबिच्छेदको मिलापत्र भएपनि उनले भने आफ्नो सम्बन्धबिच्छेद नभएको भन्दै खण्डन गरेका हुन् ।
‘आज म जे छु त्यो सबै तपाइँ सम्पूर्ण दर्शक–श्रोताका कारण छु तर नेपाली गीत संगीत क्षेत्रमा मलाइ अनवरत रुपमा हिँडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरी श्रीमती निलम हुन्,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामी सँधैझैँ हाँसीखुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।’
उनले व्यक्तिगत विषयमा टिकाटिप्पणी भएकोप्रति आपत्ति जनाउँदै नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय भएको बताएका छन् ।
यस्तै ढकालले आफू र श्रीमती निलमलाई जोडेर आएको समाचारप्रति असहमति जनाउँदै भनेका छन्, ‘पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन् ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन् त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु।’
सार्वजनिक चासोको विषय बन्दाबन्दै पनि सबैका आआफ्नै पारिवारिक विषय हुने भन्दै ढकालले जुन नितान्त व्यक्तिगत हुने बताएका छन् ।
यस्तै आफ्फ्ना आलोचक र प्रशंसक कति रहेछन् भन्ने कुराको आभाष भएको बताउँदै ढकालले भनेका छन्, ‘मैले आफूले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ। कति गाएँ त्यो अंकमा गनेको पनि छैन। जीवनको यो लामो अन्तरालमा मैले कति दर्शक–श्रोता कमाएँ भन्ने कुराको कहिल्यै लेखाजोखा गरिनँ । तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शीर्ष समाचार बनाएदेखि मलाई मेरा आफ्ना आलोचक र प्रशंसक कति रहेछन् भन्ने कुराको आभाष भएको छ।’
उनले आफ्ना सबै दर्शक श्रोता प्रति सधै कृतज्ञ रहेको र रहिरहने बताएका छन् ।
श्रोत : एन आर एन समाचार

more recommended stories
भिम निरौलाको “सन्डे मर्निंङ् लब यु” फेरी चर्चाको शिखरमा
Spread the love20Sharesकेहिले रुचाएका र धेरैले.
बलिउडमा लकडाउन घोषणा
भारतीय मोशन पिक्चर प्रोड्यूसर एसोसिएशन (आईएमपीपीए).
प्रसिद्ध गायिका आशा भोस्ले नेपाल आउने
Spread the loveसाधना कला केन्द्र पुतलीसडकको.
दैनिक ६ घण्टा भन्दा कम सुत्नेहरुका लागि एकदमै दुःखद खबर !
Spread the loveअहिले मानिस धेरै नै.
‘क्वान्टिको ३’को अन्तिम भाग प्रियंकाकै लागि समस्या
Spread the loveमुम्बई– बलिउड अभिनेत्री प्रियंका.
बिहान ८:३० देखि ११:३१ बजेसम्म रहनुहोस् सावधान :ग्रहणमा के गर्न हुने के नहुने?
Spread the loveबिहीबार बिहान सूर्यग्रहण लाग्दैछ.
Leave a Comment