अघोरी बाबा’की श्रीमतीलाई ५ दिन थुनामा राख्न अदालतको आदेश

Please Like us on Facebook and Twitter for more updates. Got something to publish? Send us !!!

अघोरी बाबाको नामले चिनिने विजय केसीकी श्रीमती शारदा पाण्डेलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । ठगी आरोपमा सोमबार पक्राउ परेकी पाण्डेलाई मंगलबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको थियो ।
पाण्डेमाथि चितवनकी एक महिलाले रोजगारीका लागि विदेश पठाइदिने भन्दै ठगेको आरोप लगाएकी छन् । उक्त महिलाले पाण्डेविरुद्ध उजुरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
पाण्डे पछिल्लो समयमा युटुबमा भाइरल भएका ‘अघोरी बाबा’सँग बिवाह बन्धनमा बाधिँएकी छन् । भाइरल भएका दम्पती विवाह पछि भने विवादमा तानिएका छन् ।

more recommended stories

×

Like us on Facebook

%d bloggers like this: