अमेरिकामा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ५ पुग्यो

अमेरिकाको न्यूयोर्कमा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन चार जना नेपालीको मृत्यु भएको छ । कोरोनाको महामारी फैलिएको न्यूयोर्क शहरमा बस्दै आएका चार जना नेपालीको शनिबार कोरोना संक्रमणबाट मृत्यु भएको हाे ।

शनिबार कोरोना संक्रमणबाट मृत्यु हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहेका छन् । उनीहरु सबै न्यूयोर्कमा बस्दै आएका थिए ।

निधन भएकाको परिवार र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने जानकारी मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले बताएका छन्। तर प्रहरीले उनीहरुको शव लगिसकेकाले दाहसंस्कारमा परिवार र नातेदार उपस्थित हुने सम्भावना कम छ।

यसअघि दुई साताअघि कोरोनाकै कारण पाँचथर पुर्ख्यौली घर भएका ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो। योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुने नेपालीको संख्या पाँच पुगेको छ । रासस

Nepali Sanchar is online based Nepalese Media from Melbourne, Australia. It broadcasts online radio, tv and news portals.

more recommended stories