भिम निरौलाको “सन्डे मर्निंङ् लब यु” फेरी चर्चाको शिखरमा

केहिले रुचाएका र धेरैले गाली गरेका सन २०१३ को चर्चित गीत अहिले फेरी अनि चर्चाको शिखर चुम्दै छ । नेपाली भाकाको अंग्रेजी गीत बजारमा आएको बेला भिम निरौलाको “सन्डे मर्निंङ् लब यु” ले निकै आलोचना भोग्नु परेको थियो । उनलाई सामाजिक संजालमा थुप्रैले बेजोड गाली गरे भने कहिले समर्थन पनि गरेका थिए ।

५४ बर्षीय भिम पुन: चम्किनुको कारण हो ” ब्रिटेन गट ट्यालेन्ट” मा उनको प्रतिभा प्रदर्शन । यस बेला चाहि उनको यो गीतले मञ्चमा बबाल गर्यो । उनको नेपाली भाकाको सन्डे मर्निंङ्ले मञ्च त ततायो नै साथ साथै उपस्थित दर्शकहरुले उक्त गीत लाई निकै नै समर्थन गरे । गालीबाट सुरु भएको उनको सांगीतिक यात्रा अहिले तालीमा पुगेको छ । कसैले मानोस नमानोस् तर ब्रिटेन गट ट्यालेन्ट ले उनको प्रतिभालाई स्वीकारे ।

Nepali Sanchar is online based Nepalese Media from Melbourne, Australia. It broadcasts online radio, tv and news portals.

more recommended stories