


उदयपुरका सामाजिक संस्था र तिनका अगुवाहरुले केहि समय यता माहामारीको रुपमा संसारको करिब २ सय भन्दा पनि बढि देशहरुमा फैलिएको नोबेल कोरोना भाईरस (कोभिड १९) ले विश्वलाई नै अक्रान्त बनाएको र यो संक्रमण नेपालमा पनि प्रवेश गरि फैलदो क्रममा रहेको हुनाले यस्तो संक्रमणलाई फैलन नदिन सबैले आफ्नो स्थानबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक छ भन्दै विभिन्न सरकारी निकायमा ज्ञापन पत्र बुझाईएको छ ।
ज्ञापन पत्रमा अगाडी यस्तो लेखिएको छ :
नेपाल सरकारले यस्तो परिस्थितीलाई मध्यनजर गरेर विभिन्न प्रयासहरु थालेको अवस्था छ तर अहिलेको प्रयासलाई अत्यधिक बढाउनुपर्ने देखिन्छ । यो भाइरसको संक्रमणबाट बच्नका लागि सर्वसाधारण नागरिकसम्म सही सूचना प्रवाह गरी यसबाट बच्नका लागि लिइएको उपायहरु बारे सूचना सार्वजनिक गर्नु जरुरी देखिन्छ । त्यसैगरि यसको नियन्त्रणका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अस्पताल एवं स्वास्थ्य सेवा प्रवाह गर्ने विभिन्न निकायहरु, स्थानीय सरकारले थालेका प्रयासहरु आदि बारे निरन्तर सर्वसाधारणलाई सूसुचित गर्नु आवश्यक छ । सर्वसाधारणलाई सुरक्षित राख्नका लागि सरकारले लकडाउनको रणनीति लिएको यस्तो अवस्थामा सम्पूर्ण कामहरु ठप्प भएको र दैनिक ज्याला, मजदुरी गरि जीवन निर्वाह गर्ने जनता सबैभन्दा बढि मारमा पर्ने भएको हुँदा यस्ता विपन्न वर्गहरुलाई बाढ्ने राहत प्याकेज त्यसको मापदण्ड र सहज उपलब्धता र तथ्यांक संकलनको पारदर्शिताका साथै यस सम्बन्धी सम्पूर्ण सूचनाहरु सार्वजनिक गर्न सबै तहका सरकार संवेदनशिल भएर मापदण्ड अनुसार कार्य अगाडी बढाउन हार्दिक अपिल गर्दछौं ।
यस्तो विशम् परिस्थितीमा सर्वसाधारणहरुलाई अवश्यक पर्ने दैनिक उपभोग्य सामग्री, औषधी उपचार सामग्री र अतिआवश्यकताका बस्तुहरुको सहज आपूर्ति बारेको सूचनाहरु समेत सर्वसाधारणसम्म पुग्ने किसिमले सम्प्रेशन हुनु आवश्यक छ । नेपाल सरकारका विभिन्न तहका सरकारहरुले चालेका कदमहरु, सेवाहरु र सेवा प्रवाह सम्बन्धी विविध पक्षका जानकारीहरु संचारका विभिन्न माध्यमहरु र संयन्त्रहरु मार्फत सार्वजनिक गर्न हार्दिक अनुरोध गर्दछौं ।
नेपालको संविधान २०७२ को धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो र सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकको व्यवस्था गरिएकोछ । संविधान प्रदत सूचनाको हकलाई प्रवद्र्धन गरि यस्तो विशम् परिस्थीतिमा जनता प्रति उत्तरदायी हुुन समेत नेपाल सरकारका सम्पूर्ण तह र तप्काको ध्यान आकर्षण गर्न चाहन्छौ ।
तपसिल ः
१ वेबसाइट, एप्स, सामाजिक सञ्जाल (फेसबुक पेज) लाई नियमीत रुपमा अपडेट गरि, तथा स्थानिय रेडियोको प्रयोगगरी अधिक भन्दा अधिक नागरिकमा सूचनाको पहुच अभिबृद्धि गरि सूचनाको हकलाई प्रत्याभुत गराउन बिशेष ध्यान दिन माग गर्दछौं ।
२ यस कार्यालयमा यस अघि स्थापना गरिएको टोल फ्रि नं।, सूचनाबोर्ड लाई यहाँहरुले गर्नुभएको व्यवस्थापनको कार्य सराहनिय भएको र यसलाई थप प्रभावकारी रुपमा कार्यन्वयनका लागि आम नगरबासीका बीच प्रचारप्रसार गर्ने र बहुउपयोगी बनाउनका लागि सबैलाई जानकारी हुने कार्य गर्न ध्यान आर्कषण गर्दछौं ।
३ नेपाल सरकारले जारी गरेको कोरोना भाइरस (कोभिड १९) का बारेमा राहत वितरण निर्देशिका २०७६ अनुसार राहत वितरण, राहत खरिद, राहत पाउने व्यक्तीको नामसहितको मापदण्डलाई आम नागरिकलाई जानकारी हुने गरि प्रत्येक वडा तथा यस कार्यालयको वेवसाइट र एप्समार्फत नियमित रुपमा सार्वजनिकीकरण गर्न ध्यान आर्कषण गर्दछौं ।
४ राहत संकलन, खरिद तथा वितरणको कार्यलाई पारदर्शी र प्रभावकारी बनाउनका लागि असंङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय तथा अन्य आवश्यकलाई उपलब्ध गराइने राहत सम्वन्धी मापदण्ड २०७६ लाई पूर्ण रुपमा कार्यन्वयन गर्न गराउन माग गर्दछौ ।
५ सरकारले गरेको लकडाउनको पुर्ण पालना, अत्यावश्यक सामाग्रीको व्यवस्थापन र कालो बजारीको अनुगमन तथा कारवाही प्रक्रियाको निगरानी र स्थानीय तहले तयार पारेको क्वरेन्टाईनको मापदण्डलाई समेत कार्यन्वयन गर्न र श्रमिक, गरिब तथा विपन्न परिवारलाई मापदण्ड अनुसार राहत वितरण गर्न गराउन माग गर्दछौ । शैक्षिक संस्थाहरु बन्द भएको हुँदा हजारौं बालबालिकाहरु शिक्षाबाट बञ्चित भएको अवस्थामा त्यसको विकल्पहरुलाई समेत अवलम्बन गरि यथा शिघ्र कार्यान्वयन गर्न माग गर्दछौं ।
६ गत तीन हप्ता भित्र यस स्थानीय क्षेत्रभित्र विदेश तथा भारतबाट आएका व्यक्तिहरु तथा आइसोेलेनमा रहका व्यक्तिहरुको व्यक्तिगत गोपनियता हनन नहुने गरी लगत तयारगरी वडा अनुसारको बिवरण सार्वजनिक गर्न माग गर्दछौं ।
पुनश्चः कोभिड १९ सँगको प्रतिकार्यको सन्दर्भमा आवश्यक सहयोग तथा सहकार्यका लागि नागरिक समाज सदस्यहरु सदैव तयार रहेको समेत जानकारी दिन चाहन्छौ ।
ज्ञापनकर्ताहरु ः
१। सूचनाको हकका लागि राष्ट्रिय संजाल, उदयपुर (अजयकुमार साह, संयोजक)
(सम्पर्क नं। ९८४२८२८०८४)
२। नेपाल पत्रकार महासंघ, जिल्ला शाखा, उदयपुर (भरत खड्का, अध्यक्ष)
(सम्पर्क नं। ९८५२८३५०३३)
३। गैरसरकारी संस्था महासंघ, जिल्ला शाखा, उदयपुर (सुमन परियार, अध्यक्ष)
(सम्पर्क नं। ९८५२८३५५६०)
४। सामुदायीक वन उपभोक्ता महासंघ, उदयपुर (कुशलबाबु बस्नेत, अध्यक्ष)
(सम्पर्क नं। ९८५२८३०७२०)
५। शिक्षाका लागि राष्ट्रिय अभियान, जिल्ला संजाल, उदयपुर (पुष्पराज पोखरेल, संयोजक)
(सम्पर्क नं। ९८५२८३५६६३)
६। मानवअधिकार संजाल, उदयपुर (भरत खड्का, संयोजक)
(सम्पर्क नं। ९८४२८४७५७०)
७। महिला मानवअधिकार रक्षक संजाल, उदयपुर (माया भण्डारी, संयोजक)
(सम्पर्क नं। ९८५२८३५६८३)

more recommended stories
कुन कुन रोग कालो मरिचको प्रयोगले ठिक हुन्छ त ?
कालो मरिच एन्टी-इन्फ्लेमेटरी गुणहरू हुन्छन्, जुन.
स्वाठहरुको भर गर्नु हुन्न
Spread the love13Sharesउपल्लो छिमेकीको घर मलाई.
राष्ट्रिय कृषि टिभी च्यानलमा मधेशीको खिल्ली, टिभी च्यानलद्वारा प्रस्तोता माथि कार्यबाही
Spread the love152Sharesप्रमोद के सोनी, नेपाली.
उदयपुरमा बढ्दो कोरोना संक्रमण रोक्न वल्र्डभिजनद्वारा करिब ६ लाख १५ हजार बराबरको सहयोग
Spread the love271Sharesउदयपुर । वल्र्डभिजन इन्टरनेसनल.
नेपालमा कोभिड-१९ पुष्टी भएको संख्या ४२
Spread the love55Sharesउदयपुर जिल्ला त्रियुगा नगरपालिका.
उदयपुरको स्थानिय तहलाई क्वारेन्टाइन सहयोगी सामंग्री हस्तान्तरण
Spread the love334Sharesवल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोग.
Leave a Comment