


उपल्लो छिमेकीको घर मलाई त्यत्ति मन पर्दैन I तर मेरा भन्टाभुन्टीलाइ गइ रहनु पर्ने र मैले पुर्याई दिनु पर्ने I बाटो एकदम घुमाउरो I भोलिका दिनमा केहि काम लाग्ला कि भन्ने आसमा म पनि नजाउ न भन्ने I बरु लगातार ओहोर दोहोर गरि रहुन भन्ने चाहना राख्ने म I पटक पटक घुमाउरो बाटो भएर पुर्याउनु पर्ने झंजट कम गर्न मैले सिधा बाटो बनाउने आइडिया लगाए I त्यो बाटो बिच्चमा घर भाको फुच्छे तर एकदम आज्ञाकारी भाईको जमिनबाट निकाल्नु पर्ने भो I उसलाई म त्यति गन्दीन, उ आज्ञाकारी हुनुका धेरै कारण छन् जस्तै कि, उसलाई घर मुली बनाउन मैले उसका २ सय वर्ष देखि घर सम्हाली रहेका हजुरबा, बा र थुप्रै काकाहरुलाइ ठेगान लगाएर उसलाई घरको मालिक बनाई दिए I ठिटोलाइ आट थिएन सुरुमा, तर मेरै घरमा राखेर ट्रेनिंग दिए, हिम्मत दिए, उसको त्यसबेलाका थुप्रै प्रिय भाइहरु (अहिले त पानी बाराबार छ रे) लाई फोकटमा ठुलै डिग्रीहरु पढाई दिए Iतर मेरो भरोसा पाए पछि त भाईको परिवारका कोइ कोइ सदस्य यति बज्रस्वाठ भएर निस्के कि “हजुरबालाई हटाउन बा, काका र धेरै भाईहरुको ज्यान गयो” भन्दै मलाई हासी हासी खबर सुनाउन थाले I
हो, त्यसै बेला देखि यी स्वाठहरुको भर गर्नु हुन्न भनेर मेरो मनमा चिसो परेको I त्यसैले म बाटो बनाउदा सधै साबधान रहे I उसले नदेख्ने गरि थोरै खन्ने अनि केहि दिन चुप लाग्ने, फेरी अलि थप्ने, अनि रोकिने I उसका आगनमा खेलिरहने केटाकेटीहरु मद्धे धेरैले बाटो खनेको नदेखे जस्तो गर्ने, कोहि कोहि ले बालाइ भन्दिन्छु भन्ने तर चकलेट दिएपछि चुप लाग्ने, बाडदा बड्दै कसैलाइ चकलेट पुगेन वा अरुको भन्दा सानो चकलेट पर्यो भने ठुस्किदै गएर हजुरको बडेभाईले हाम्रो आगनमा बाटो खन्दै छ भन्दिने I तर उसले त्यति मतलब गरेको देखिएन, मेरो सहस बढ्दै गयो र मैले बाटो पुरा गरे I तर उसलाई जानकारी छ भन्ने थाहा हुदा हुदै बाटो बनाएको छु भनि गाउ भरि हल्ला फ़िजाउन मलाई फेरी पनी आट आएन I पटक पटक उसको परिवारका केहि सदस्य लुकी लुकी मेरो घरको खाना खान आएको बेला मेरै भाषामा “नडरानुस, हामी छौ” भन्दा पनी हिम्मत पुगेन I तर जब एकाएक टोल भरि नया खाले रोगले मान्छे सोतर हुन् थालेको खबर फैलियो, हुन् त उसको घरमा त्यो रोग ले त्यति असर गरेको थिएन, तर उसका चिल्लरहरु आगनमा खेल्न निस्कन छोडे I यहि मौका छोपेर मैले बाटो बनएको खबर फैलाए I यो खबले म संग सधै किचकिच गर्ने अर्को पट्टिको छिमेकी घरवालालाइ पनी “देखिस त” भन्न पाएकोमा गदगद थिए I
[the_ad id=”36113″]
तर खबर व्यापक भए पछि मेरो त ब्याडलक् पो सुरु भएछ I एकाएक मेरो फट्याई सबैले बुझे I आज्ञाकारी भाईले पनी एक्लै घरको काम गार्हो हुन्छ, दुइ भाई मिलेर गर भन्ने घरसल्लाह भो भन्छ I गाडीमा दुइ ड्राइभर को के काम भन भनेर सिकाए, पिलेन सम्झेर बस भने रे I त्यो बडे भाई को भाग हो, हाम्रो होइन भन भनेर सिकाए, होइन भन्दै उसलाई खतरा खतरा प्रमाण देखाएर उसको सातो जना लागि सक्यो रे I उपल्लो छिमेकीले पनी पहिले खन खन भन्यो, केइ बोलेन I अहिले आएर बाटो भए पछि त तिनीहरु जुन बेला नि फुत्त फुत्त पसेर मेरो घर फोहर गर्न सक्छन भन्न थाल्यो रे I मेरो घरका मान्छे पनी त्यसैले हो सानो भाईलाई उक्साएको भन्न थाले I भाइको यतै रमाउने एक छोरीले पनी मेरो खेदो खनी I अर्की छोरीले मेरो पछ्यमा अलिकति के बोलेकी थिन, घरमा खूब गाली खाई रछिन रे I ठुल्बा, म त गीत गाउने भन्दै यतै बस्न आएको उसको छोरो पनी कुन दिन प्याच्चा बोल्छ भन्ने चिन्ताले निन्द्रा नि लाग्न छोड्यो मलाई I
अब समस्या के हो भने; ल तिम्रै हो लैजाओ भनुम, छर छिमेकमा दादा पल्टिने मेरो सपना चकनाचुर हुन्छ I मेरै हो भनुम, हुदैन नभएको कुरा लाई कसरि प्रमाणित गरु? घरमा सल्लाह गरौ भने तै फटाहा होस् भन्ने बढी छन् I
हे प्रभु मलाई बचाऊ I

more recommended stories
कुन कुन रोग कालो मरिचको प्रयोगले ठिक हुन्छ त ?
कालो मरिच एन्टी-इन्फ्लेमेटरी गुणहरू हुन्छन्, जुन.
राष्ट्रिय कृषि टिभी च्यानलमा मधेशीको खिल्ली, टिभी च्यानलद्वारा प्रस्तोता माथि कार्यबाही
Spread the love152Sharesप्रमोद के सोनी, नेपाली.
उदयपुरमा बढ्दो कोरोना संक्रमण रोक्न वल्र्डभिजनद्वारा करिब ६ लाख १५ हजार बराबरको सहयोग
Spread the love271Sharesउदयपुर । वल्र्डभिजन इन्टरनेसनल.
नेपालमा कोभिड-१९ पुष्टी भएको संख्या ४२
Spread the love55Sharesउदयपुर जिल्ला त्रियुगा नगरपालिका.
उदयपुरको स्थानिय तहलाई क्वारेन्टाइन सहयोगी सामंग्री हस्तान्तरण
Spread the love334Sharesवल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोग.
संक्रमण समझदारी पुर्बक नियन्त्रण गरौ , जातिय हिंशा न फैलाऔ – मानवता जोगाई राखौ
कुनै धार्मिक आस्था राख्न पाउनु गलत.
Leave a Comment