


दक्षिण एसियालि खेलकुद्को महाकुम्ब अथार्त 13 औ साग हालै नेपालमा भब्य,सब्य र एतिहासिक रुपमा सम्पन्न भै सकेको छ यो बिच विभिन्न खेल बिधामा खेलाडीहरुले देशको नाम उच्च पार्दै पदक हासिल गर्न सफल भए । हरेक खेलाडीहरुको खेल जिबनमा पदक जित्ने र कीर्तिमानि रेकर्ड राख्ने धोको हुन्छ अझ आफ्नै घर आगनमा घरेलु दर्शकको साथ,माया,हौसलाका बिच खेल्नु र पदक जित्नुको त्यो खुसी शब्दमा व्यक्त गर्न नसकिने हुन्छ ।
यस्तैमा पदकको आश गरिएकी खेलाडी तुलसा खत्री साग खेलकुदको उद्घाटन समारोहको पुर्ब सन्ध्यामा एका एक भागेर साग भातको जोहो गर्न मुग्लान भासिइन यो नेपाली खेलकुद जगतको लागि तितो कटु सत्य हो हुन त उनी भन्दा अघि पनि कीर्तिमानधारी धेरै खेलाडीहरु रोजिरोटीको लागि नबिदेशिएका भने हैनन ,सिमीत स्रोत साधन ,अनिश्चित भबिस्यका बिच आफ्नो मेहनत,परिश्रमले अभाब,प्रभाब र दबाबका बिच पनि खेलेर देशको नाम उच्च राख्ने भाग्य सबै खेलाडीहरुले बिरलै प्राप्त गर्ने गर्दछ्न ,चरम गरिबी अभाव का बिच प्रतिभा र खेल कौशल हुँदा हुदै पनि तुलसा खत्री जस्ता धेरै तुलसा खत्रीहरु नेपालका दुर दराजका गाउँ घरमा अबसरको आसमा बसिरहेका छ्न ।बिदेश जानु नराम्रो काम होईन तर कुन पात्र के सन्दर्भमा के उदेश्यका साथ गयो त्य्सले ठुलो अर्थ राख्द्छ ,तुलसा खत्री साग उदघाटनको पुर्ब सन्ध्यामै देश छाडनु पर्ने के त्यस्तो बाध्यता आइलाग्यो र कमसेकम खेल सकिए पछि नि जान सक्थिन त्यो निर्णय कति गलत र सहि थियो त्यसको समिक्षा भाबी दिनले गर्नै नै छ ।
एक सत्र बर्सिय नेपाली जलपरिले आसन्न साग खेलकुदमा गौरबमय इतिहास कोर्न सफल भइन ती जलपरि थिइन गौरिका सिंह जस्ले बेलायतमा रहेर पनि आफ्नो मातृभुमीको तर्फबाट प्रतिनिधित्व गरिन सुरुबाती चरणमा खेलकुद पदाधिकारी र सहकर्मी खेलाडी साथीहरु लगाएत तिनका परिबार बाट गुन्जिएको बिरोधका स्वर बिच इतिहास रच्न बाट उनलाई कसैले छेक्न सकेन। उनले प्राप्त गरेको सफलताले गैर आबासिय नेपालीले उठाएको एक पटकको नेपाली सधै भरिको नेपालीको मागलाई आंशिक रुपमा न्याय गरेको भान भै रहेको छ।
गौरिकाले अहिले एकदमै चर्चामा रहेको गैर आबसिय नेपाली संघ (NRN)को युबा पुस्ताको प्रतिनिधि पात्रको प्रतिनिधित्व गर्छिन ,समय क्रम सङै संसार भर छरिएर रहेका गैर आबासिय नेपालीहरुको दोस्रो र तेस्रो पुस्ताको ज्ञान ,सीप दक्षतालाई सदुपयोग गर्न सकेमा देशमा बिकासको लहर आउने थियो ,बिदेशमै हुर्किएको पछिल्लो पुस्तालाई पिता पुर्खाको थात थलो सङको भाबनात्मक सम्बन्ध अझ झ्याङ्याउन सके सफलता हात लाग्छ भन्ने ज्वलन्त उदाहरण हुन गौरिका सिंह नत्र बिदेशमा जन्मिएको नयाँ पुस्ताले नेपाल सङ्को आफ्नो नाता एकादेशको दन्तय कथाको रुपमा सुन्ने छ र तुलसा खत्रीहरु साग भातको जोहो गर्न सात समुन्द्र पारी परदेशी रहने छ्न र हामी जुकर्बगको भित्तोमा फगत फतफताइ रहने छौ।

more recommended stories
Latest Covid Restrictions Update : Changes for metropolitan Melbourne
Spread the love20SharesMetropolitan Melbourne is in.
Hindus call English test in Australia for partner visas an unwarranted invasion into love lives
Zed urged Australia’s Prime Minister Scott.
Dream of USA : DV Program opens tonight
(DV) program is opening tonight at.
Melbourne’s High Risk Locations for Covid-19
If you have visited any of.
266 Nepalese died due to Covid-19 in overseas
ccording to the Health Committee under.
76 including advisors at Nepal’s PM’s residence test COVID-19 positive
Spread the love6SharesKATHMANDU: A total of.
Leave a Comment