
• चिनियाँ अन्वेषकहरूले वुहान र शेन्जानमा कोरोनाबाट पीडित बिरामीहरूको रक्त समूहको अध्ययन गरेको थियो
• चीनमा कोरोनाको कारण मर्ने २०७ बिरामीहरूमध्ये ८५ जनाको रक्त समूह-ए र ५२ जनाको रक्त समूह-ओ थियो


एजेन्सी | चीनमा हालसालै गरिएको अनुसन्धानका अनुसार कोरोनाभाइरसको संक्रमणको जोखिम रक्त समूह-एमा बढी हुने गरेको पाईएको छ । कोरोनाभाइरसको गढ वुहान र शेन्जेनमा २ हजार भन्दा बढी बिरामीहरूको अनुसन्धानले यस कुराको खुलासा गरेको छ। उक्त अनुसन्धानले कोरोनाबाट पीडित बिरामीहरूको रक्त समूहहरूको अध्ययन गरेको थियो।
ए-रक्त समूह भएका मानिसहरूलाई बढी सावधान हुन जरुरि
चिनियाँ अन्वेषकहरूका अनुसार वुहानमा भर्ती रक्त समूह-एका बिरामीहरूलाई संक्रमणका गम्भीर लक्षणहरू भेटिएक थिए। उहि समयमा ओ-रक्त समूहका लक्षणहरू धेरै हल्का थिए। वुहान युनिवर्सिटीका अन्वेषक वैंग शिंघुआनका अनुसार रक्त समूह-एमा संक्रमणको जोखिम धेरै भएकोले , कोरोना हुनबाट जोगिन सबै भन्दा बढी सावधानी अपनाउनु पर्छ।
ओ-रक्त समूहका व्यक्तिहरूलाई निश्चिंत हुन आबश्यक्ता छैन
अन्वेषकहरूका अनुसार चीनमा कोरोनाको कारण मर्ने २०७ बिरामीहरूमध्ये ८५ जनाको रक्त समूह-ए र ५२ जनाको रक्त समूह-ओ थियो । अन्वेषक गाओ यिंगदाई भन्छन्, यदि तपाईको रगत समूह-ए हो भने, आत्तिनु आवश्यक पर्दैन यसको मतलब यो होइन कि १०० प्रतिशत संक्रमण हुनेछ। न त ओ-रक्त समूहलाई आराम चाहिन्छ। बारम्बार हात धुनुहोस् र सुरक्षित हुनको निम्ती आवश्यक निर्देशनहरू पालना गर्नुहोस्।
वुहानमा सबै भन्दा बढी ओ रक्त समूह
अनुसन्धान रिपोर्टका अनुसार चीनको वुहानमा ओ-रक्त समूहको संख्या बढी छ। यहाँ ३१ प्रतिशत व्यक्तिको रक्त समूह-ए, २४ प्रतिशत रक्त समूह-बी,९ प्रतिशत रक्त समूह एबी र ३४ प्रतिशत व्यक्तिको रक्त समूह-ओ छ।

more recommended stories
Latest Covid Restrictions Update : Changes for metropolitan Melbourne
Spread the love20SharesMetropolitan Melbourne is in.
Iphone 12 to be launched on 13th Oct 2020
Compare Apple iPhone 12 Pro Max.
Hindus call English test in Australia for partner visas an unwarranted invasion into love lives
Zed urged Australia’s Prime Minister Scott.
कुन कुन रोग कालो मरिचको प्रयोगले ठिक हुन्छ त ?
कालो मरिच एन्टी-इन्फ्लेमेटरी गुणहरू हुन्छन्, जुन.
Dream of USA : DV Program opens tonight
(DV) program is opening tonight at.
Melbourne’s High Risk Locations for Covid-19
If you have visited any of.
Leave a Comment