


बिहीबार बिहान सूर्यग्रहण लाग्दैछ । अंग्रेजी क्यालेण्डर बमोजिम बिहीबार लाग्ने ग्रहण यसवर्षको अन्तिम सूर्य ग्रहण हुनेछ । नेपालबाट अवलोकन गर्दा सूर्यको केही भागमात्रै ढाकिएको हुनाले खण्डग्रास मात्र देखिनेछ ।
नेपालमा बिहान ८।३० मिनेटमा सुरु हुने सूर्यग्रहण १०।१ मिनेटमा मध्य हुने र ११।३१ मिनेट जाँदा सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ग्रहणको समयमा नेपालबाट करीब १०।०० बजे सूर्यको करीब ४० प्रतिशत भाग ढाकिएको देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।
एष्ट्रोनोमिकल सोसाइटीले ग्रहणको समय तीन घण्टा ३० मिनेट रहेको जनाएको छ । तर ज्योतिष परिषद्ले भने दुई घण्टा ४९ मिनेट मात्रै हुने जनाएको छ । राति ९ बजेर ४२ मिनेटदेखि सुतक लाग्ने ज्योतिष परिषद्का केन्द्रीय सदस्य समेत रहनुभएका ज्योतिष केशव गौतमले बताउनुभयो ।
ग्रहणमा के गर्ने, नगर्ने ?
खगोल विज्ञानले ग्रहण लागेको बेला गर्न हुने÷नहुने केही नरहेको बताउँछ । तर धार्मिक मान्यतासँगै ज्योतिष विज्ञानले भने सूर्य ग्रहणको बेला गर्न हुने र नहुने कार्यलाई वर्गीकरण गरेको छ । उक्त मान्यता बमोजिम ग्रहण लागेको बेला दानपुण्य गर्ने, भिक्षा दिने, धार्मिक कार्य गरे राम्रो प्रतिफल पाउने हो । ज्योतिष गौतमका अनुसार ग्रहण लागेको गंगा स्नान गर्ने, मन्त्र सिद्धि प्राप्त गर्ने, गुरु बनाउने जस्ता कार्यको प्रतिफल राम्रो हुने बताउनुहुन्छ । धार्मिक मान्यता बमोजिम सूर्यलाई भगवानको रुपमा पूजिन्छ । सूर्यमाथि दोष लागेको बेला र भगवान नै पीडामा हुँदा मनोरञ्जनात्मक गतिविधि गर्दा श्रापित हुने र पाप कर्मको रुपमा गणना हुने गौतम भन्नुहुन्छ ।
समाजका अध्यक्ष भट्टराईले भने अन्य दिन जसरी नै सूर्य ग्रहणको बेला पनि सूर्यलाई नाङ्गो आँखाले हेर्न नहुने सुझाउनुहुन्छ । उहाँ थप प्रष्ट्याउनुहुन्छ, “ग्रहण लागेको बेला सूर्यको प्रकाश छेकेर आउने हो, अन्य दिन प्रत्यक्ष रुपमा पृथ्वीमा पर्दा विकीरणबाट हुने असर ग्रहण लागेको बेला छेकेर आउने हुँदा विकीरणको प्रकोप कम हुने हो, बढ्ने होइन ।” उहाँले १६ डी आइएन भन्दा कम लेन्स भएको काँचले सूर्यलाई हेर्न नहुने बताउनुहुन्छ । त्यसैगरी, छायाँ पारेर वा सूर्य ग्रहण हेर्न प्रमाणित पोलिमरको चश्मा प्रयोग गर्नु उपयुक्त हुन्छ ।
कुन राशीलाई के योग रु
ज्योतिष केशव गौतमले सूर्यग्रहण लागेको बेला आठ राशीले सूर्यग्रहण हेर्न वर्जित रहेको बताउनुहुन्छ । सूर्यग्रहणको बेला धनु राशीको मूल नक्षत्रमा रहने हुनाले धनु राशी र मूल नक्षत्र भएका ब्यक्तिले सूर्य ग्रहण हेर्न नहुने उहाँ सुझाउनुहुन्छ । उहाँले यसपटकको सूर्यग्रहण चार राशीका लागि मात्रै लाभ योग रहेको प्रष्ट्याउनुभयो ।
कर्कटलाई सुख प्राप्ति, तुलालाई श्री÷यश÷मानको प्राप्ती हुने तथा कुम्भ राशी भएकाले धन, पदलाभ हुनसक्ने र मीन राशीलाई सुख प्राप्ती हुनेछ ।
मेष राशी–मान नाश हुने
वृष–शारीरिक एवं मानसिक कष्ट हुने
मिथुन–स्त्री पीडा
सिंह–मानसिक÷स्वास्थ्य चिन्ता
कन्या–साना रोग÷व्याधा बढ्ने
वृश्चिक–धन÷मानको क्षति हुने
धनु– विशेष घात
मकर–ब्यय÷खर्च बढ्ने
ज्योतिष शास्त्रले ग्रहणको बेला सूर्य बसेको राशीबाट अन्य राशीहरुको अवस्थितिको आधारमा विभिन्न राशीको योग पत्ता लगाउँछ ।

more recommended stories
भिम निरौलाको “सन्डे मर्निंङ् लब यु” फेरी चर्चाको शिखरमा
Spread the love20Sharesकेहिले रुचाएका र धेरैले.
बलिउडमा लकडाउन घोषणा
भारतीय मोशन पिक्चर प्रोड्यूसर एसोसिएशन (आईएमपीपीए).
प्रसिद्ध गायिका आशा भोस्ले नेपाल आउने
Spread the loveसाधना कला केन्द्र पुतलीसडकको.
दैनिक ६ घण्टा भन्दा कम सुत्नेहरुका लागि एकदमै दुःखद खबर !
Spread the loveअहिले मानिस धेरै नै.
‘क्वान्टिको ३’को अन्तिम भाग प्रियंकाकै लागि समस्या
Spread the loveमुम्बई– बलिउड अभिनेत्री प्रियंका.
रामकृष्ण ढकालले भने– मेरो प्रेरणा श्रीमती निलम हुन्, सम्बन्धमा कुनै चिसो आएको छैन
Spread the loveगायक रामकृष्ण ढकालले श्रीमती.
Leave a Comment