


प्रमोद के सोनी, नेपाली संचार। कोरोना भईरसको त्रास छदै गर्दा नेपालमा जातीय भेदभावको जल्दो बल्दो समस्या देखिएको छ। नेपालको पहिलो कृषि सम्बन्धि राष्ट्रिय टेलिभिजन ” कृषि टेलिभिजन ” अहिले सर्बत्र आलोचित भईरहेको छ। उक्त टेलिभिजनबाट मिति २०७७/०२/०६ गते “कोरोना बिर्साउने गफगाफ” कार्यक्रममा मधेशी समुदाय प्रति गरिएको अपमानजनक प्रस्तुतीले मधेशीको पहिचानलाई होच्याएको थियो। मधेशीको निम्ति कुनै पनि अनुचित शब्द र व्यवहार मान्य नहुने भन्दै कार्यक्रम प्रस्तोता गोमा पाण्डे र सुर्य भण्डारी माथि तत्काल कार्यबाहीको मांग विभिन्न मधेशबादी संस्थाहरुले उठाउदै आएका छन्। यसै सन्दर्भमा प्रेस काउन्सिल नेपालले तिन दिन भित्र स्पस्टिकरणको समेत माग गरेको छ।
मधेश र मधेशी प्रति लक्षित गरेर होच्याउने प्रवृतिको व्यंग्य जोसुकैबाट पनि अमान्य हुने भन्दै मधेशी कम्युनिटी भिक्टोरियाका अध्यक्ष डा. सुरेन्द्र रौनियारले नेपाली संचारलाई बताएका छन्। “तिमीलाई नेपाली न भई मात्रै गोर्खालीको इतिहासमा गर्भ छ भने हामीलाई पनि आफ्नै मधेश ,मधेशी हुनु र मधेशीको इतिहासमा गर्भ छ” भनेर आक्रोश पोख्छन जनता समाजवादी पार्टी नेपालका युवा नेता संजय यादव।
“दरिद्र मानसिकताको यस्ता उदाहरणहरु पंचायत काल देखि हालको गणतन्त्र व्यवस्था सम्म निरन्तरता पाईरहेको देखिन्छ। तथाकथित राष्ट्रबादीहरुद्वारा आफ्नो ब्यतिगत स्वार्थ पुरा गर्न र क्षणिक ख्याती पाउनको लागि आपसी वैमनश्यता र घृणाको अवस्था सिर्जना गरि देशलाई कमोजोर तुल्याउने र विकासमा अबरोध ल्याउने गरेका छन्। यसको दुसपरिणाम देशको एकता विखण्डित हुदै देश टुक्रिने सम्मको अवस्था आउन सक्ने भन्ने हेक्का सबमा रहोस ” भन्छन मेलबर्न निबासी रंजन श्रीवास्तब
यसै गरि इटहरी निवासी चार्टर एकाउन्टेन्ट शिब साह भन्छन,” मधेशी समुदायको जीवनशैली, भाषा, भेसभूसा, बर्णलाई लक्षित गर्दै गरिएका कुनै पनि नकारात्मक टिका टिप्पिनी , समाजमा भाइचारा र सहिन्सुनता बिथोल्ने कारक ठहरिन्छ। कलाकारले हरेक जाति समुदायको संस्कारलाई चरित्रार्थ गरेर समाजलाई जोड्ने काम गर्नु पर्दछ, न कि घटिया र सस्तो लोकप्रियताको लागी कसैलाई हासो को बिषय बनाउनु पाउछ । यदि कोही कतै कसैले कुनै रुपमा यसो गर्छ भने अवस्य पनि अभिवावकले उसलाई दिएको संस्कार , उसले पाएको शिक्षामा प्रश्न चिन्ह खडा हुन्छ। साथै यस्ता जो कोहिलाई कानुन बमोजिम सजाय हुनु पर्दछ। समाजिक रूप मा बहिस्कार गर्दा पनी कुनै गलत नहोला । “
यस सम्बन्धमा सम्बन्धित टि.भीका कार्यकारी निर्देशक लक्ष्मी चौधरीलाई सम्पर्क गर्दा उहाँको टिमबाट गल्ती भएको र अर्को कार्यक्रममा माफि समेत मागेको साथै प्रस्तोतालाई कार्यबाही गरेको भन्ने सूचना प्राप्त भएको छ । नेपाली संचार संग कुरा गर्दै लक्ष्मी चौधरीले भन्नु भयो ” प्रमोद जी , जुन बोल्नै नहुने शव्द गोमा पान्डे जिले बोल्नु भको छ त्यो त सब भन्दा पहिले मलाई नै दुख लाग्यो किनकी प्रोग्रामको फर्मेट जुन थियो त्यो त्यसमा बोल्नै नहुने शब्द बोलेको छ जुन हामी तपाई भन्दा अगाडि नै त्यही दिन कारबाही गरेर भोलि पल्ट फेरि माफ नै माग्न लागाएको हो र उहाँलाई कृषि टिभिबाट सस्पेनड नै गरेको हो ! अब माफी भन्दा ठूलो के छ र गल्ती सच्याउनु र सजाय भन्दा ठूलो के छ र ? “
यस सन्दर्भमा प्रहरी प्रशासनबाट समेत उक्त प्रसारण प्रति आपत्ति जनाइएको छ भने भविष्यमा यस्ता कार्यक्रम कुनैपनि संचार माध्यमबाट प्रसारण र प्रचार नहोस भनी नेपालमा मधेशी आयोगले अपेक्षा राखेको छ । नेपाली हौ भने आफ्नो देशको बारेमा थाहा पाईराखौ। एउटा संकुचित भावना बोकेर खोक्रे देश प्रेम देखाउन छाडी नेपाल पूर्व देखि पश्चिम सम्म र उत्तर देखि दक्षिण सम्म बुझौ।

more recommended stories
कुन कुन रोग कालो मरिचको प्रयोगले ठिक हुन्छ त ?
कालो मरिच एन्टी-इन्फ्लेमेटरी गुणहरू हुन्छन्, जुन.
स्वाठहरुको भर गर्नु हुन्न
Spread the love13Sharesउपल्लो छिमेकीको घर मलाई.
उदयपुरमा बढ्दो कोरोना संक्रमण रोक्न वल्र्डभिजनद्वारा करिब ६ लाख १५ हजार बराबरको सहयोग
Spread the love271Sharesउदयपुर । वल्र्डभिजन इन्टरनेसनल.
नेपालमा कोभिड-१९ पुष्टी भएको संख्या ४२
Spread the love55Sharesउदयपुर जिल्ला त्रियुगा नगरपालिका.
उदयपुरको स्थानिय तहलाई क्वारेन्टाइन सहयोगी सामंग्री हस्तान्तरण
Spread the love334Sharesवल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोग.
संक्रमण समझदारी पुर्बक नियन्त्रण गरौ , जातिय हिंशा न फैलाऔ – मानवता जोगाई राखौ
कुनै धार्मिक आस्था राख्न पाउनु गलत.
Leave a Comment