एमआईटी ग्रुप फाउण्डेसनद्वारा कोरोना नियन्त्रण कोषमा ३ (तिन) करोड रुपैया सहयोग

Spread the love
  • 40
    Shares

कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको राहत कोषमा एमआईटी ग्रुप फाउण्डेसनले ३ (तिन) करोड रुपैया सहयोग गरेको छ । गैरआवासीय नेपालीहरु शेष घले तथा जमुना गुरुङ्गद्वारा स्थापित फाउण्डेसनले कोरोना महामारी नियन्त्रणमा संर्धष गरिरहेका नेपाली दाजुभाई दिदीवहिनीलाई सहयोग गर्ने हेतुले यो रकम प्रदान गरिएको हो ।

कोषका प्रतिनिंधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई चेक हस्तान्तरण गरेका छन् । फाउण्डेसनका अध्यक्ष शेष घलेले भन्नुभयो ” यात्रामा भइरहेको अवरोधका कारण हामी स्वयं उपस्थीत हुन नसकेको हुँदा हाम्रा प्रतिनिधिहरुले सो रकम हस्तान्तरष गर्नुभएको छ। आशा छ यो रकम नेपाल सरकारले कोरोना नियन्त्रण र निर्मूलका लागि परिक्षण, निगरानी र उपचार (Testing, contact tracing and response) का लागि खर्च गर्न सदुपयोग गर्ने छ ।”

यसअघि नेपालमा, आईपरेका ठुला विपतहरु भूकम्प, नाकावन्दी तथा बाढीका बेला पनि फाउण्डेसनले विभिन्न सहयोग गर्दै आएको थियो । अध्यक्ष घलेले कोरोना संक्रमितको संख्यालाई नियन्त्रणमा राख्न नेपाल सरकार र नेपालीहरुले खेलेको भूमिकाको सरहना व्यक्त गर्दै यो महामारीबाट नेपाल, नेपाली जनता एवं विश्व चांडै मुक्त हुनेछ भन्ने आशा व्यक्त गर्नुभयो ।


Spread the love
  • 40
    Shares

Nepali Sanchar is online based Nepalese Media from Melbourne, Australia. It broadcasts online radio, tv and news portals.

more recommended stories