उदयपुरको स्थानिय तहलाई क्वारेन्टाइन सहयोगी सामंग्री हस्तान्तरण

वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोग र जिल्ला विपत व्यवस्थापन समिति, स्थानिय साझेदार संस्थाहरु ः जाल्पा एकिकृत विकास समाज, हुरेन्डेक र नेस्पेकको समन्वयममा उदयपुरको त्रियुगा नगरपालिकालाई क्वारेन्टाईनका लागि चाहिने आवश्यक सहयोग सामंग्री हस्तान्तरण गरिएकोछ ।

सहयोग सामंग्री नगरप्रमुख बलदेव चौधरीले बुझनुभएको हो । नगरक्षेत्रमा कोरोनाको संक्रमण तिव्र देखिएपछि सो को पूर्वतयारीका लागि उक्त सहयोगी सामंग्री सहयोग गरिएको हो । क्वारेन्टाईनका लागि सहयोग सामंग्रीहरुमा ः झुल, त्रिपाल, डोरी, कम्बल, बाल्टीन, जरकीन, प्लाष्टिक गुन्द्री सहयोग गरिएको हो । उल्लेख गरिएका सामंग्रीहरु ७० सेट हस्तान्तरण गरिएको हो ।

सोही अवसरमा जिल्ला कारागारलाई आईसोलेशन वार्ड तयारका लागि २० सेट सोही सामंग्री हस्तान्तरण गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खडका, पत्रकारहरु, साझेदार संस्थाका प्रतिनिधिहरु, वल्र्डभिजनका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Nepali Sanchar is online based Nepalese Media from Melbourne, Australia. It broadcasts online radio, tv and news portals.

more recommended stories