


उदयपुर जिल्ला त्रियुगा नगरपालिका स्थित भुल्केमा शंकास्पदको परिक्षण गर्दा १२ जनाको नतिजा पोजेटिभ भइ बिराटनगर स्थित कोशी अस्पतालमा उपचाररत रहेका छन् । निजहरूको संसर्गमा रहेका २६० जनाको काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ देखिएको र २० जनाको हाल परिक्षण भैरहेको छ ।
अन्य थप ६९ जनाको परिक्षणको लागि बिराटनगर स्थित कोशी अस्पतालमा हिजै नमुना पठाइएकोमा अस्पतालबाट ८ जनाको नतिजा पोजेटिभ देखिएकोले थप परिक्षणको लागि आज वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा परिक्षण गर्दा थप पुष्टी भएकोले निजहरूलाई हाल बिराटनगर स्थित कोशी अस्पतालमा उपचारका लागि पठाइएको छ । हाल पुष्टी भएका संक्रभितहरूमा १८, १८. २०, ३३, ४०, ४१, ४१. ५२ र ५८ वर्षीय पुरुष, ३६ वर्षीय महिला र १ जना उमेर नखुलेको महिला गरी जम्मा ११ जना नतिजा पोजेटिभ देखिएको छ । यसरी हाल सम्मको अध्यावधिक विवरण अनुसार नेपालमा कोभिड-१९ पुष्टी भएको संख्या ४२ पुगेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने ५ जना निको भएर घर फर्कीसकेका छन् ।

more recommended stories
कुन कुन रोग कालो मरिचको प्रयोगले ठिक हुन्छ त ?
कालो मरिच एन्टी-इन्फ्लेमेटरी गुणहरू हुन्छन्, जुन.
स्वाठहरुको भर गर्नु हुन्न
Spread the love13Sharesउपल्लो छिमेकीको घर मलाई.
राष्ट्रिय कृषि टिभी च्यानलमा मधेशीको खिल्ली, टिभी च्यानलद्वारा प्रस्तोता माथि कार्यबाही
Spread the love152Sharesप्रमोद के सोनी, नेपाली.
उदयपुरमा बढ्दो कोरोना संक्रमण रोक्न वल्र्डभिजनद्वारा करिब ६ लाख १५ हजार बराबरको सहयोग
Spread the love271Sharesउदयपुर । वल्र्डभिजन इन्टरनेसनल.
उदयपुरको स्थानिय तहलाई क्वारेन्टाइन सहयोगी सामंग्री हस्तान्तरण
Spread the love334Sharesवल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोग.
संक्रमण समझदारी पुर्बक नियन्त्रण गरौ , जातिय हिंशा न फैलाऔ – मानवता जोगाई राखौ
कुनै धार्मिक आस्था राख्न पाउनु गलत.
Leave a Comment