कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५ हजार ५४३ पुग्यो

Spread the love

प्रति घण्टा मृत्यु दर : ५० जना


Spread the love
Spread the love

नेपाली संचार । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनको सङ्ख्या शनिबार ५,५४३ पुगेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेला एक सय ३३ देशमा फैलिसकेको छ । हालसम्म १,४५,९३१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने ७२,५७२ मा सुधार आएको छ।

चीनमा सबैभन्दा बढी ३,२०२ जनाको उक्त भाइरसको सङ्क्रमणबाट मृत्यु भएकोे तथ्याङ्कमा छ । अहिलेसम्म इटालीमा १,२६६, इरानमा ५१४, दक्षिण कोरियामा ७७ , स्पेनमा १३३ र फ्रान्समा ७९ जनाले कोरोनाको सङ्क्रमणबाट ज्यान गुमाएका छन् । कोरोनाका कारण अमेरिकामा पनि ५१ जनाको मृत्यु भएको छ भने २,४११ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।

अस्ट्रेलियामा २५३ जनामा हाल सम्म सङ्क्रमण पुष्टि भएको छ भने ३ जनाले ज्यान गुमाएका छन् ।

 


Spread the love

Nepali Sanchar is online based Nepalese Media from Melbourne, Australia. It broadcasts online radio, tv and news portals.

more recommended stories