उदयपुरमा बढ्दो कोरोना संक्रमण रोक्न वल्र्डभिजनद्वारा करिब ६ लाख १५ हजार बराबरको सहयोग

उदयपुर । वल्र्डभिजन इन्टरनेसनल नेपालको सहयोगमा जिल्लाका साझेदार संस्थाहरु हुरेण्डेक, जीड्स र नेस्पेकको साझेदारी एवं समन्वयमा जिल्ला विपत व्यवस्थापन समिति उदयपुरलाई एक कार्यक्रम आयोजना गरि कोरोना–१९ प्रतिकार्यका लागि करिब ६ लाख १५ हजार रुपैया बराबरको सहयोग प्रदान गरिएको छ । उक्त कार्यक्रममा संस्थाहरुलाई ३० सेट पिपिई स्वास्थ्य सामंग्री र ४ थान आई आर थर्मोमिटर सहयोग हस्तान्तरण गरिएको छ ।

जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्लाको सम्बन्धित निकायहरुको माग अनुसार उक्त स्वास्थ्य सामंग्री हस्तान्तरण गरिएको वल्र्डभिजनका प्रतिनिधि अजय साहले जानकारी गराउनुभयो । “जिल्लामा बढ्दै गरेको कोरोना संक्रमण प्रतिकार्यका लागि वल्र्डभिजन इन्टरनेसनल नेपालले सहयोग गरेको स्वास्थ्य सामंग्रीले ठुलो सहयोग पुग्ने भएको र सके अझ सहयोग उपलब्ध गराउन हामी अनुरोध गर्दछौं”, स्वास्थ्य सामंग्री हस्तारन्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद व्यवस्थापन समितिका प्रमुख दीपककुमार पहाडीले बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले जिल्लामा कोरोना प्रभावितहरुको संख्या बढ्दो क्रममा रहेको हुँदा थप सतर्कता अपनाउनुका साथै स्वास्थ्य सम्बन्धी सेवाका लागि शिघ्र पहल अगाडी बढाउन सवै निकायहरुलाई आग्रह गर्नुभयो । उहाँले कार्यक्रममा बोल्दै भन्नुभयो, “पिपिइ सामंग्री र थर्मोमिटरको अभाव भईरहेको अवस्थामा गरिएको यो सहयोग सराहनिय रहेको छ, अहिलेको अवस्थामा जिल्लालाई सवै पक्षले सहयोग जुटाउन आवश्यक छ” ।

[the_ad id=”36376″]

सय भन्दा बढि देशहरुमा कार्यरत रहेको वल्र्डभिजन नेपालमा सन २००१ देखि निरन्तर विभिन्न १४ वटा जिल्लाहरुमा बाल संम्बृद्धि एवं समुदाय सहकार्य अन्तरर्गत स्वास्थ्य, शिक्षा, कृृषी तथा आय आर्जन, विपत व्यवस्थापन, बालसंरक्षण लगायतका क्षेत्रमा कार्यरत रहेकोछ । हाल वल्र्ड भिजन इन्टरनेशनल नेपाल मोरङ, उदयपुर, सर्लाही, महोत्तरी, रौतहट, सिन्धुली, काठमाण्डौँ, लमजुङ, ललितपुर, अछाम, डोटी, जुम्ला, कैलाली र बझाङ्ग गरी छ प्रदेशका चौध जिल्लामा क्रियाशील छ । स्वास्थ्य कार्यक्रमको सन्दर्भमा गत डिसेम्बर सन् २०१९ देखि सुरु भई विश्वब्यापी महामारीको रुप लिइरहेको कोराना भाइरस COVID-19 ले गर्दा नेपाल पनि आक्रान्त बनिरहेको र पुरै देश हाल बन्दाबन्दी (लक डाउन) को अवस्थमा रहेको हालको परिप्रेक्षमा नेपाल सरकारको कोराना भाइरस प्रतिकार्य कार्यक्रममा थप सहयोग पु¥याउन वल्र्डभिजनले संघिय, प्रदेश, जिल्ला विपद् ब्यवस्थापन समिति तथा स्थानीय तहमा सहयोग गर्ने उद्देश्यले स्वास्थ्य विभिन्न तहमा हस्तान्तरण गरिरहेकोछ । वल्र्डभिजनले उक्त सामंग्रीहरु उच्चस्तरको स्वास्थ्य सामाग्री भएकोले सहि सदुुपायोगको अपेक्षा समेत गरेको वल्र्डभिजनका बाह्य सम्पर्क तथा समन्वय विशेषज्ञ प्रमिल अधिकारीले बताउनुभयो ।

स्वास्थ्य सामंग्री हस्तान्तरण कार्यक्रममा साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला प्रहरी कार्यालयका प्रमुख बीरबहादुर बुढा मगर, शस्त्र प्रहरी प्रमुख, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदी , नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, उपाध्यक्ष भोटराज राई र अन्य पत्रकारहरुको उपस्थिती रहेको थियो ।

ह्स्तान्तरण गरिएको स्वास्थ्य सामंग्री सेटमा रहेको सामंग्रीहरु :

 

Nepali Sanchar is online based Nepalese Media from Melbourne, Australia. It broadcasts online radio, tv and news portals.

more recommended stories